कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आज सोमबार शिवजीको दर्शन गर्दै थाहा पाउनुहोस् दिनभरको राशिफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

श्रीशाके १९४४ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख २५ गते तद्अनुसार सन् २०२३ मे ८ तारिख सोमबार ज्येष्ठ कृष्ण पक्षको तृतीया तिथि ज्येष्ठा नक्षत्र शिव योग वणि करण आनन्दादिमा पद्म योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः४१ बजे हुनेछ । विश्व रेडक्रस दिवस ।

मेष – जोखिम बढ्ने दिन छ । दौडधुप वृद्धि होला । कठिन प्रयत्नबाट हासिल हुनलागेको अवसर गुम्न सक्ने समय भएकोले आज विशेष ध्यान दिएर काम गर्नुहोला । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान् । कठोर तपस्याले काम बन्ला । अन्ततः शत्रुमाथि विजय प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – सोचेको काम पूर्ण रुपमा सम्पादन हुने दिन छ । आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । चुनौती चिर्दै हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा फर्किने योग छ । आरोग्यता बढ्नेछ ।

कर्कट – आर्थिक अभावले सताउन सक्ने योग हुनुका साथै खर्च पनि बढ्ने देखिन्छ । तथापि, पनि विपरीतलिंगी वा हितैषीजनले साथ दिनेछन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । समय प्रतिकुल चलेकोले गोपनीयतामा विशेष ध्यान दिँदा हितकर सावित हुनेछ । रसरागमा आकर्षण बढ्नेछ भने पारिवारिक सुख प्राप्त होला ।

सिंह – आजको दिन राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजक रहनुहोला । आज विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – भोगविलासमा मन रमाउने समय छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहार हातलागी हुनसक्छ । पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । कुनै काम रोकिएको छ भने आज दोहोर्याएर गने पूर्ण हुने योग छ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनसक्ने समय छ । आफ्नाबाटै धोका मिल्न सक्छ भने चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अनायसै खर्च पनि हुन सक्छ । यसका बाबजुद कार्यमा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु – लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । तर, आजको दिन ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने योग छ । मिष्ठान्न भोजन प्राप्त होला । अर्थअभावले काम रोकिने सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – मित्रजनसँग वैरभाव बढ्ने र परिवारजनमा असमझदारी देखापर्ने योग छ । ब्यापारबाट भने आज लाभ नै हुने देखिन्छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – कर्मबल बढ्ने दिन भए पनि आज आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय छ । सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । स्वास्थ्यगत समस्याले केही सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दिक्क लाग्न सक्छ । यसका बाबजुद सामथ्र्य र साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।साझेदारीको काम बन्नेछ ।

✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार