मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

रुकुम कपको उपाधि रुकुम पश्चिमले जित्यो

उपविजेता शसस्त्र प्रहरी बल ६ नं. बाहिनीको टिम बन्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुकुम पश्चिम जिल्लाकै ठूलो राशि पुरस्कारको भलिबल प्रतियोगिता मानिने रुकुम कप–२०८० को उपाधि घरेलु टिम रुकुम पश्चिमले जितेको छ ।

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रद्वारा आयोजित साविक मध्यपश्चिमाञ्चलको जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपविजेता भने शसस्त्र प्रहरी बल ६ नं. बाहिनीको टिम भएको छ ।

गत वैशाख १९ गतेबाट सुरु भएको प्रतियोगितामा जम्मा १० टिम सहभागी भएको आयोजक संस्थाले जानकारी दिएको छ । आइतबार बेस्ट अफ फईभको नियममा रहेर खेलाइएको फाइनल खेलमा तीन सेटमा जित हात पार्दै विजेता बनेको रुकुम पश्चिमले नगद ५ लाख रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ पुरस्कारका साथै कप, मेडल र प्रमाणपत्र पाएका छन् ।

आयोजक संस्थाका अध्यक्ष तेजविक्रम वीएमले मोफसलमा भलिबल भलिबल खेल र खेलाडीको विकास गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक ठूलो राशिको खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको बताए ।

उनले भने, ‘हामीले प्रवेश शूल्क तिरेर खेल हेर्ने व्यवस्था गरेका थियौं । यसवापत जम्मा भएको रकमले कार्यक्रम व्यवस्थापन र विजेता टिमलाई पुरस्कारको व्यवस्थापन गरिएको हो ।’

विजेता टिम तथा खेलाडीलाई मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया