मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

लाउरेस स्पोर्टस अवाडको उपाधी मेस्सीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधी जीतेका छन् ।

मेस्सिका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जीत हासिल गरेको छ ।

हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा आबद्ध मेस्सीले ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र नभई पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु’ भन्दै प्रतिक्रिया दिएका छन् ।

गत विश्वकपको उपाधि जिताउन मुख्य भुमिका खेलेका अर्जेन्टिनाका कप्तान मेस्सिले गत विश्वकपमा गोल्डेन बल जित्न सफल भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया