श्रावण २, २०८२ शुक्रबार July 18, 2025

निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि…

सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन् ।

प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा पुगेको छ ।  नगरकार्यपालिकाको कार्यालयबाट करिब पाँच सय मिटरको दूरीमा अवस्थित सो विद्यालयमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ ।  विसं २०१२ मा स्थापना भएको पुरानो विद्यालय यो शैक्षिकसत्रमा विद्यार्थीविहीन भएको प्रधानाध्यापक हरिप्रसाद थपलियाले जानकारी दिनुभयो ।

विद्यालयमा शिक्षक/अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउँछन् कि भन्ने आशमा अझै छन् । तर अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका लागि नआएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयले शैक्षिकसत्र सुरु गर्न विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । विद्यार्थी भर्नाका लागि अभिभावकसम्म पुगेर बालबालिकालाई भर्ना गर्न अनुरोधसमेत गरिएको थियो । “विद्यार्थी प्रोत्साहनका लागि कापी, कलम, पोशाकको समेत व्यवस्था गर्ने सोचमा थियौँ । स्थानीय बालबालिका निजी विद्यालयमा भर्ना हुन गएका कारण यहाँ भर्ना हुन आएनन्”, प्रधानाध्यापक थपलियाले भन्नुभयो ।

विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि प्युठान नगरपालिकाले कक्षा ५ सम्म पढाइ भइरहेको विद्यालयलाई कक्षा १ देखि ३ कक्षासम्म हुने निर्णय गरेको थियो । कक्षा १ देखि ५ सञ्चालन हुँदै आएका छ प्राथमिक विद्यालयको कक्षा ग्रेड घटाइएको प्युठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले बताउनुभयो । शून्य विद्यार्थीको विद्यालय के गर्ने ? भन्ने निर्णयमा प्युठान नगरपालिका छलफलमा रहेको उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार