असार ६, २०८३ शनिबार June 20, 2026

शरणार्थी प्रकरणले हाम्रो गृह प्रशासनभित्र गरिने अनेकौँ चलखेललाई उदांगो पारिदियो : झलक सुवेदी (अन्तवार्ता)

कांग्रेस, एमाले र माओवादीले ढाकछोप गर्न खोजे भने तिनको राजनीतिक भविष्य समाप्त हुनेछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शरणार्थीका नाममा भएको ठगी प्रकरणलाई कसरी हेर्नुभएको छ ?

यो सामान्य घटना होइन । यसले हाम्रो राज्य संयन्त्र, गृह प्रशासन र राज्य प्रणाली नै खोक्रो हुँदै गएको संकेत गरेको छ । यस्ता घटना सतहमा आउनुले हाम्रो गृह प्रशासनभित्र गरिने अनेकौँ चलखेललाई उदांगो पारिदिएको छ । यस घटनाले हाम्रो राज्य संयन्त्रमाथिको जनविश्वास झनै कमजोर बनाइदिएको छ ।

जुन तहको राजनीतिक संलग्नताको चर्चा भइरहेको छ, त्यसको नेपाली राजनीतिमा कस्तो प्रभाव पर्ला ?

यस घटनालाई ठूला दल विशेषगरी कांग्रेस, एमाले र माओवादीले ढाकछोप गर्न खोजे भने तिनको राजनीतिक भविष्य समाप्त हुनेछ, उनीहरू जनताबाट टाढिनेछन् । यो घटनाबारे सत्यतथ्य सार्वजनिक गरी छानबिनलाई सघाउनुको साटो ठूला दलहरूले ‘डाइभर्ट’ गर्न खोजे या साना माछा समातेजस्तो गरेर ठूला माछा उम्काउने गल्ती गरे भने त्यो स्वयं उनीहरूकै लागि आत्मघाती कदम ठहरिनेछ ।

यस प्रकरणमा लहरो तान्दा पहरो थर्केला कि बीचमा लहरो नै चुँडिएला ?

अहिले जुन स्तरमा यो प्रकरणको ‘एक्सपोज’ भएको छ, त्यो हेर्दा लहरो बीचमै चुँडिएलाजस्तो लाग्दैन । राजनीतिक दलहरूले पनि पहरो थर्किन्छ भने थर्किन दिनुपर्छ, लहरो चुँडाउने प्रयास गर्नुहुँदैन । जनस्तरदेखि संसद्सम्म यस प्रकरणप्रति चर्को चासो छ । त्यो देख्दा यसलाई कसैले चाहँदैमा छल्ने सम्भावना कम देखिन्छ ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार