असार २३, २०८२ सोमबार July 7, 2025

शरणार्थी प्रकरणले हाम्रो गृह प्रशासनभित्र गरिने अनेकौँ चलखेललाई उदांगो पारिदियो : झलक सुवेदी (अन्तवार्ता)

कांग्रेस, एमाले र माओवादीले ढाकछोप गर्न खोजे भने तिनको राजनीतिक भविष्य समाप्त हुनेछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शरणार्थीका नाममा भएको ठगी प्रकरणलाई कसरी हेर्नुभएको छ ?

यो सामान्य घटना होइन । यसले हाम्रो राज्य संयन्त्र, गृह प्रशासन र राज्य प्रणाली नै खोक्रो हुँदै गएको संकेत गरेको छ । यस्ता घटना सतहमा आउनुले हाम्रो गृह प्रशासनभित्र गरिने अनेकौँ चलखेललाई उदांगो पारिदिएको छ । यस घटनाले हाम्रो राज्य संयन्त्रमाथिको जनविश्वास झनै कमजोर बनाइदिएको छ ।

जुन तहको राजनीतिक संलग्नताको चर्चा भइरहेको छ, त्यसको नेपाली राजनीतिमा कस्तो प्रभाव पर्ला ?

यस घटनालाई ठूला दल विशेषगरी कांग्रेस, एमाले र माओवादीले ढाकछोप गर्न खोजे भने तिनको राजनीतिक भविष्य समाप्त हुनेछ, उनीहरू जनताबाट टाढिनेछन् । यो घटनाबारे सत्यतथ्य सार्वजनिक गरी छानबिनलाई सघाउनुको साटो ठूला दलहरूले ‘डाइभर्ट’ गर्न खोजे या साना माछा समातेजस्तो गरेर ठूला माछा उम्काउने गल्ती गरे भने त्यो स्वयं उनीहरूकै लागि आत्मघाती कदम ठहरिनेछ ।

यस प्रकरणमा लहरो तान्दा पहरो थर्केला कि बीचमा लहरो नै चुँडिएला ?

अहिले जुन स्तरमा यो प्रकरणको ‘एक्सपोज’ भएको छ, त्यो हेर्दा लहरो बीचमै चुँडिएलाजस्तो लाग्दैन । राजनीतिक दलहरूले पनि पहरो थर्किन्छ भने थर्किन दिनुपर्छ, लहरो चुँडाउने प्रयास गर्नुहुँदैन । जनस्तरदेखि संसद्सम्म यस प्रकरणप्रति चर्को चासो छ । त्यो देख्दा यसलाई कसैले चाहँदैमा छल्ने सम्भावना कम देखिन्छ ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार