श्रावण १४, २०८३ बिहिबार July 30, 2026

प्रदेश नं ३ मा ६१ प्रहरी आधुनिक चौकी बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश नं ३ अन्र्तगतका जिल्लाहरुमा आधुनिक प्रहरी चौकी निर्माण हुने भएको छ ।

प्रदेश नं ३ सरकारले एक अर्ब १३ करोड लागतमा विभिन्न दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

संघीय प्रहरी ऐन बन्न नसक्दा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने अवस्था आएपछि प्रदेश सरकारले सो रकम प्रहरी चौकी निर्माणमा खर्च गर्ने भएको हो ।

प्रदेश नं ३ का काठमाडौँ उपत्यका बाहेकका दश जिल्लामा प्रहरी चौकी निर्माण गर्न लागिएको उहाले जानकारी दिनुभयो । नेपाल प्रहरीले विगतमा विभिन्न जिल्लामा जग्गा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको तर बजेट अभावमा निर्माण गर्न नसकेको जिल्लामा चौकी निर्माण गरिने मन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनमा चार, मकवानपुरमा नौ, सिन्धुलीमा नौ, काभेपलाञ्चोकमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नौ, रामेछापमा आठ गरी जम्मा ६१ वटा प्रहरी चौकी निर्माण गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार