मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

शहिद स्मारक ए डिभिजन लिगः आज तीनवटा खेल हुदैँ

दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुदैँछन् ।

गत बिहिवार एक मात्र खेल भएको ए डिभिजन लिगमा आज तीन खेल हुन लागेको हो । जसअनुसार दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लब बिच हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ भने दोस्रो खेल ६ बजेवाट सोही रंगशालामा हुनेछ । जुन खेलमा न्युरोड टिम र खुमलटार बिच प्रतिस्पर्धा गर्नेछन् ।

उता, एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया