मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ए डिभिजन लिग : एनआरटीले एफसी खुमलटारलाई ३-२ गाेलले हरायाे

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युराेड टिम (एनआरटी) द्धारा एफसी खुमलटारलाई पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युराेड टिम (एनआरटी) ले एफसी खुमलटारलाई हराएकाे छ ।

आज शुक्रवार दशरथ रङ्गशालामा भएकाे खेलमा एनआरटीले पहिलाे हाफमा २–० ले पछि परेकाे स्थितिबाट पुनरागमन गर्दै खुमलटारलाई ३–२ गाेलले हरायाे । एनआरटीका लागि विक्रम धिमाल र निकाेलस सेर्जेले गाेल गर्दा एक गाेल आत्मघाती पायाे ।

एनआरटीले एफसी खुमलटारलाई हरायो – Dcnepal

खुमलटारका लागि समिर विनाेङ र राजिव लाेप्चनले गाेल गरे ।

याे जितसँगै एनआरटी १७ खेलमा २१ अङ्कसहित तालिकाकाे नवाैँ स्थानमा छ । खुमलटार उति नै खेलमा १७ अङ्कसहित पुछारमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया