श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपाल ल क्याम्पसमा आइतबार शोक बिदा

बिए एलएलबी, एलएलबी तथा एलएलएम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौः नेपाल ल क्याम्पसमा आगामी आइतबार शोक बिदा दिएको छ।

क्याम्पसले कार्यालयमा सहायक पदमा नियुक्ति भइ परीक्षा शाखामा कार्यरत कर्मचारी कोकिला पनेरुको मृत्यु भएपछि शोक विदा दिएको जनाएको हो।

उनको उपचारको क्रममा वैशाख २८ गते मृत्यु भएको थियो। ३१ गते आइतबार यस क्याम्पसमा सञ्चालित बिए एलएलबी, एलएलबी तथा एलएलएम तहका पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने ब्यहोरा सबैलाई सूचित गरिएको शोक बिदामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया