मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

स्पेनिस ला लिगाः मायोर्कासँग हार्यो क्याडिज

मायोर्काका काङ् इनले ८४औं मिनेटमा गरेको गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले अफसाइडका कारण रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौः लि काङ् इनले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा मायोर्काका इदृसु बाबाले प्रहार गरेको हेडर क्याडिजका गोलपिकर येरेमियास लेदेस्माले रोकेका थिए। सोही रिबाउन्ड बलमा पुनः हेडरमार्फत प्रहार गर्दै माफेओले गोल गरे।

मड्रिड : पाब्लो माफेओको निर्णायक गोलप्रेरित मायोर्काले स्पेनिस ला लिगामा शुक्रबार राति क्याडिजलाई १-० को नतिजामा पराजित गरेको छ। मायोर्काको मैदानमा भएको खेलको १६औं मिनेटमा माफेओले गरेको एक मात्र गोल टिमलाई घरेलु टिमलाई तीन अंक दिलाउन पर्याप्त भयो।

लि काङ् इनले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा मायोर्काका इदृसु बाबाले प्रहार गरेको हेडर क्याडिजका गोलपिकर येरेमियास लेदेस्माले रोकेका थिए। सोही रिबाउन्ड बलमा पुनः हेडरमार्फत प्रहार गर्दै माफेओले गोल गरे।

मायोर्काका काङ् इनले ८४औं मिनेटमा गरेको गोल भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले अफसाइडका कारण रद्द गरिदिएको थियो।

जितसँगै ३४ खेलबाट ४४ अंक जोडेको मायोर्का ला लिगाको १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट ३५ अंक जोडेको क्याडिज १५औं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया