काठमाण्डौः उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेड फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पराजित भएको छ । शनिबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबसँग चर्च ब्वाइज १–० गोलले स्तब्ध बनेको हो ।
दशरथ रंगशालामा चर्च ब्वाइजविरुद्ध आर्मीको जितमा जिलेस्पी कार्कीले गोल गरे । पहिलो हाफमा बनाएको अग्रतालाई दोस्रो हाफमा पनि कायमै राख्दै आर्मीले जित निकालेको हो । खेलको ४२औँ मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । उनले गरेको यो गोलमा आर्मीले महत्वपूर्ण तीन अंक बटुलेको हो ।
चर्च ब्वाइजलाई पराजित गरेको आर्मीले १७ खेलबाट २४ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको चर्च ब्वाइजको १७ खेलबाट ३० अंक छ । शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबको १७ खेलबाट ३० अंक छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया