वैशाख २०, २०८१ बिहिबार May 2, 2024

गर्मीमा दही खानुका ५ फाइदा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एउटा नयाँ अध्ययनका अनुसार उच्च फाइबर र दहीको सेवनले फोक्सोको क्यान्सरको जोखिम कम गर्न सकिने देखाएको छ ।

यस्तो आहार हृदय रोग र ग्यास्ट्रोइंटेस्टाइनल क्यान्सरमा पहिले नै लाभदायक साबित भएको छ ।

अन्वेषकहरुका अनुसार यो नयाँ निष्कर्ष अमेरिका, युरोप र एशियामा करीव १४ लाख वयस्कहरुमा गरिएको अध्ययनको तथ्याङ्कको विश्लेषणमा आधारित छ ।

तथ्याङ्क अनुसार दही खानाले पनि फोक्सोको क्यान्सर रोक्न सकिन्छ । अध्ययनमा सहभागि भएका मानिसहरुलाई फाइबर र दहीको सेवनको आधारमा पाँच समूहमा विभाजन गरिएको थियो । सबै भन्दा दही र फाइबर खपत गर्नेहरूमा, फोक्सोको क्यान्सरको जोखिम ३३ प्रतिशत कम पाइएको थियो । यस अध्ययनले उच्च फाइबर र दही सेवनको सन्दर्भमा ठोस प्रमाण प्रदान गर्ने अमेरिकाको भान्डर्बिल्ट इन्ग्राम क्यान्सर सेन्टरका शोधकर्ता शियाओ ओयूले बताए ।

विश्वमा एक करोड भन्दा बढी मानिसहरु उच्च रक्तचाप र कोलेस्ट्रालको सिकार भैरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यस रोगबाट वर्षेनी ७० लाख मानिसहरू आफ्नो ज्यान गुमाउँदै आएका छन् । नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआईटी) राउरकेलाका वैज्ञानिकहरू यस रोगको उपचारको खोजीमा लागेका छन् ।

दहीमा भएका ब्याक्टेरियाहरूले यी रोगहरूलाई निको पार्न मद्दत गर्दछन् । खाद्य जीवविज्ञानी प्राध्यापक रसू जयबलान र एनआईटीको जीवविज्ञान विभागमा रहेको उनको टोलीले यो कुरा सम्भव भएको बताएको छ ।

सही पाचन प्रणाली

यो मौसममा पेटको इन्फेक्सनको समस्या बढ्छ । यस्तो अवस्थामा दहीले पाचन प्रणालीलाई स्वस्थ राख्छ । पेट दुख्ने तथा अपचको समस्या हुँदैन ।

बान्ता तथा पखाला नियन्त्रण

गर्मीका कारण बान्ता र पखाला लाग्नु सामान्य समस्या हो । यस्तो बेला दही फाइदाजनक हुन्छ । दहीमा प्रोबायोटिक्स हुन्छ जसले पेटमा राम्रो र खराब ब्याक्टेरियाको सन्तुलन पुनर्स्थापित गर्छ।

रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ 

प्रायः बिरामी भैरहनेहरूले आफ्नो आहारमा दही समावेश गर्नुपर्छ। यसलाई दैनिक खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ।

छालाको स्याहार

गर्मीमा पसिना आउने, पिम्पल बढने, ट्यानिङ हुने, एक्ने जस्ता धेरै समस्या हुन्छन् । दहीले छालाको चमक कायम राख्छ । यसमा पाइने भिटामिन ई तथा जिंकले छालाको रङ निखार्छ ।

भजाइनल संक्रमण

सेतो पानी बग्ने समस्या भएका महिलाले दिनमा दुई पटक ताजा सादा दही खानुपर्छ । यसले चिलाउने समस्यामा आराम मिल्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार