वैशाख २४, २०८१ सोमबार May 6, 2024

ला लिगाको उपाधि बार्सिलोनाले जित्यो

बार्सिलोनासँगको हारसँगै स्पान्योल चार सिजनपछि रेलिगेसनमा जाने खतरामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बार्सिलोनाले सिटी प्रतिद्वन्द्वी स्पान्योललाई ४–२ ले हराएर २०१९ पछि पहिलो पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ।

बार्सिलोनाले चार खेल बाँकी छँदै चार सिजनपछि ला लिगाको च्याम्पियन बनेको हो। आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक गोल गरे। घरेलु टोली स्पान्योलका जेभिएर पुएडो र जोसेलुले गोल फर्काए।

लियोनेल मेस्सीले अगस्ट २०२१ मा क्लब छोडेपछि बार्सिलोनाको यो पहिलो ला लिगा उपाधि हो र जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पल्ट ला लिगाको उपाधि जितेको हो। यस्तै बार्सिलोनासँगको हारसँगै स्पान्योल चार सिजनपछि रेलिगेसनमा जाने खतरामा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन वटा प्रदेशमा चट्याङ्ग सहित पानी पर्ने
२०८१ वैशाख २४, सोमबार
इंग्लिस प्रिमियर लिग : लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो
२०८१ वैशाख २४, सोमबार
लखनउलाई ९८ रनले हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा
२०८१ वैशाख २४, सोमबार
रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको
२०८१ वैशाख २४, सोमबार
लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक
२०८१ वैशाख २३, आइतबार
नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता
२०८१ वैशाख २३, आइतबार
राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण
२०८१ वैशाख २३, आइतबार