भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

सभामुखले संसदलाई दिए रायमाझी पक्राउ परेकाे जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला अदालत, काठमाडौंले टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो।

उनी आइतबार राति बुढानिलकण्ठस्थित आफान्तको घरवाट ११ दिन पछि पक्राउ परेका थिए । आइतवार पक्राउ परेका उनलाई आज सोमबार जिल्ला अदालतमा उपस्थित गरार्ईएको हो ।

उनी सोर्हखुट्टेस्थित प्रहरी हिरासतमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया