मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ब्राइटनसँग पराजित भएपछि आर्सनलको उपाधि होडमा धक्का

एक खेल बढी खेलेको आर्सनलको ३५ खेलबाट ८५ अंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग पराजित भएपछि आर्सनलको उपाधि होडमा धक्का लागेको छ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा ब्राइटनसँग ३–० ले पराजित भएसँगै आर्सनलको उपाधि दाबेदारी फितलो बनेको हो। हारसँगै आर्सनल दोस्रो स्थाननको म्यानचेष्टर सिटीसाग ४ अंकले पछि परेको छ। शीर्ष स्थानको सिटीको ३५ खेलबाट ८५ अंक छ। एक खेल बढी खेलेको आर्सनलको ३५ खेलबाट ८५ अंक छ।

ब्राइटननका लागि जुलियो इनसिसो, डेनिज अन्डभ र पर्भिस इस्टुपिनानले गोल गरे।  खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको आर्सनलले दोस्रो हाफमा ३ गोल पुग्यो। खेलको ५१औँ मिनेटमा जुलियो इनसिसोले गोल गर्दै ब्राइटनलाई १–० ले अग्रता दिलाए। ८६ औँ मिनेटमा डेनिज अन्डभले ब्राइटनको अग्रता दोब्बर पारे।

इन्ज्युरी समयको छैटौँ मिनेटमा पर्भिस इस्टुपिनानले गोल गर्दै ब्राइटनको ३–० को  जित पक्का गरे। जितसँगै ब्राइटन प्रिमियर लिगको शीर्ष ६ मा रहने सम्भावना बलियो बनाएको छ। छैटौँ स्थानमा रहेको ब्राइटनले ३४ खेलबाट ५८ अंक छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया