मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

रोनाल्डो र टालिस्काको गोलमा अल नासर विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ताईलाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल ताईलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र टालिस्काले एक एक गोल गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५३औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८०औँ मिनेटमा टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारेका थिए ।

यो जितपछि अल नासरको लिगमा २७ खेलमा ६० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अल ताईको भने २७ खेलमा ३४ अंक छ र लिगमा सातौं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया