असार २५, २०८२ बुधबार July 9, 2025

भारतद्वारा ३० हजार पीसीआर कीट सहयाेग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारतले नेपाललाई कोरोना परिक्षणका लागि ३० हजार पीसीआर टेस्टीङ कीट अनुदानमा उपलव्ध गराएको छ।

नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमै पुगी पीसीआर टेस्टीङ कीट उपलव्ध गराएका हुन्।

गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गरेका छन। पीसीआर कीट बुझ्दै मन्त्री ढकालले आफ्नै देशमा समेत संकट रहेको बेलामा पनि सहयोगी हात बढाएकोमा राजदुत क्वात्रा र भारत सरकारलाई धन्यवाद दिएका छन ।

भारतीय राजदूतावास काठमाडौं

प्रेस विज्ञप्ति

भारतद्धारा ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पिसिआर टेस्ट कीट उपहार स्वरुप प्रदान भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले नेपाल सरकारका मान्नीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तरण गर्नुभयो ।

भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन् ।

गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गर्नुभएको थियो । औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्घ तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम जनताबीचको जारी सहकार्यलार्ई दर्शाउँदछ ।

२०७६ चैत्र २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको हो । भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउँदछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार