असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रियसभामा विचाराधिन रहेको कोभिड-१९ संकट व्यवस्थापन विधेयक फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले राष्ट्रियसभामा विचाराधिन रहेको कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता लिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विचाराधिन कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता लिन राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यस्तै राष्ट्रियसभाको आजको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई सम्बोधन गर्ने अध्यादेश, २०८० स्वीकृत गरेको छ ।

सरकारले मिटरव्याज पीडितको समस्या समाधानका लागि मुलुकी संहिता तथा अन्य कानुनहरू संशोधन गर्न सो अध्यादेश जारी गरेको थियो ।

यसअघि, बैठकमा बोल्दै सांसदहरुले मुलुकको समृद्धि र विकासका लागि सुशासन आवश्यक रहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कतिपय सरकारी नीति नियम र कार्यविधिहरू नै सुशासनमा बाधा पुर्‍याउने खालका भएकोले त्यसलाई सच्याएर अगाडी बढ्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।

सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी छुट्ने अवस्था हुन नहुने भन्दै अनुसन्धान प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन समेत माग गर्नुभयो ।

बैठकमा सांसदहरुले सुनकोशी मरिन डाइभर्सन आयोजना सम्पन्न गरेर तराई मधेसका क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउनुपर्ने, कर्णालीका जनताको जीवनस्तरमा परिवर्तन ल्याउने गरी सडक पूर्वाधारको विकासमा जोड दिनुपर्ने, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको पहिचान र विकासमा जोड दिँदै  पर्यटनलाई आर्थिक विकासको आधारका रुपमा विकास गर्नुपर्ने लगायतका धारण राख्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार