श्रावण ३, २०८२ शनिबार July 19, 2025

प्रावि शिक्षकको लागि १ लाख बढीको आवेदन

प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको ७ हजार ८८२ पदको लागि एक लाख बढीले आवेदन दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं:  प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको ७ हजार ८८२ पदको लागि एक लाख बढीले आवेदन दिएका छन् ।

शिक्षक सेवा आयोगले गत आयोगले चैत ९ गते विज्ञापन गरेको खुला प्रतिस्पर्धात्मक परीक्षाको लागि १ लाख १२ हजारको आवेदन परेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

आयोगले सामान्य तर्फको परीक्षा जेठ २० गते लिने तयारी गरेको छ ।

शिक्षक सेवा आयोगले मावि र निमावि तहको भने सामान्य तर्फको परीक्षा लिएर नतिजा सार्वजनिक गरिसकेको छ । आयोगको नतिजा अनुसार मावि तहको सामान्य परीक्षामा ५१.१५ प्रतिशत र निमावि तहको परीक्षामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार मावि तहको ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी निमावि तहको १,१६७ शिक्षकका लागि गत वैशाख ९ गते लिएको सामान्य तर्फको परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३ हजार ९३९ ले उत्तीर्ण गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया