काठमाडौंः सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । खेलहरु दशरथ रंगशाला र च्यासल मैदानमा हुनेछन् । च्यासल मैदानमा दिउँसो ३ बजे हुने पहिलो खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यता सोही समय दशरथ रंगशालामा सुरु हुने खेलमा एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, साँझ ६ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया