असार २८, २०८२ शनिबार July 12, 2025

सांसद अपहरणको आरोप प्रमाणित भए म झुण्डिन तयार छु : किसान श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए झुण्डिन तयार रहेको बताएका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आफूमाथि पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताएका छन।

उनले भने, “ममाथि लागेको अपहरणको आरोप प्रमाणित भए म झुण्डिन तयार छु, तर आरोप लगाउने डाक्टरले के गर्लान् ?” सांसद श्रेष्ठलगायतमाथि सांसद अपहरणको आरोप लागेको छ ।

फरक प्रसङ्गमा सांसद श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रियताको सम्वर्द्धनका सन्दर्भमा ठोस कार्यक्रम आएको भन्दै समर्थन गरेका छन । उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमले समेटेको भन्दै खुसी व्यक्त गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया