श्रावण ३, २०८२ शनिबार July 19, 2025

स्नातक तह दोस्रो र तीन वर्षे आंशिकको परीक्षा फाराम खुल्यो (सूचना सहित)

जेठ १० गतेदेखि असार ८ गतेसम्ममा नियमित दस्तुर सहित परीक्षा आवेदन फाराम भर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह दास्रो वर्षको नियमित आंशिक तथा तीन वर्षे आंशिक र प्राइभेट आंशिकको परीक्षा आवेदन फाराम खुला गरेको छ ।

वार्षिक परीक्षा प्रणाली अनुसार२०७९ को २०८० मा संचालन हुने ४ वर्षे स्नातक तह विविएस, विएड, विएस्सी र विए दोस्रो वर्षको परीक्षा दिने नियमित, आंशिक तथा तीन वर्षे विए दोस्रो वर्षको आंशिक र प्राइभेट आंशिक परीक्षार्थीका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।

परीक्षार्थीहरुले आ आफ्नो क्याम्पसमा जेठ १० गतेदेखि असार ८ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर सहित परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।

सुचनामा हेरौंः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया