नेपालगञ्ज । बाँकेमा सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै जिल्लामा संक्रमितको संख्या ८१ पुगेको छ। जिल्लामा यसअघि नै ३४ जना संक्रमित देखिएकोमा एकजनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार मिडिया ब्रिफिङमा यो जानकारी गराएको हो।
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। आज ४७ थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको हो। भेरी अस्पतालमा गरिएको परीक्षणमा यो पुष्टि भएको हो।
आज थपिएका संक्रमितको दुई दिनअघि शनिबार स्वाव लिइएको थियो। नरैनापुरको वडा नं. २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दिपेन्द्र मावि, भोजभगवानपुरबाट ३९ (एकजना मृत्यु), वडा नं. ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं. ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएको थियो। यीबाहेक ११ जनाको आइतबार स्वाव लिइएको छ। आठ जना संक्रमितमध्येमा दुई जना घरउसर् र ससुराली गएको पाइएपछि आफन्तीको स्वाब लिइएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया