वैशाख २२, २०८१ शनिबार May 4, 2024

टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा

नेपालले मलेसियासँग २९ मेदेखि सिरिज खेल्नका लागि मलेसिया भ्रमण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ ।

रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिएको हो। नेपाली टिमको प्रशिक्षकमा सामसन जङ्ग थापा रहेका छन् । नेपालले मलेसियासँग २९ मेदेखि सिरिज खेल्नका लागि मलेसिया भ्रमण गर्नेछ।

नेपाली टिममा रु बिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दू बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, कजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी छन्। यस्तै प्रशिक्षक सामसन जङ्ग थापा छन् । सिरिज २९ मेमा सुरु भएर ४ जुनमा सकिनेछ। सिरिजका सबै खेल बाइएसडी-यूकेएम ओभलमा हुने क्यानको भनाइ छ।

पछिल्लो पटक नेपाली महिला क्रिकेटरले घरेलु मैदानमा एमसिसीको महिला क्रिकेट टिमसँग खेलेका थिए।

यस्तै गत असारमा नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिप खेलेको थियो। मलेसियामा भएको प्रतियोगिताको सेमिफाइनलमा वर्षा वाधक बन्दा नेपाल युएईसँग पछि परेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार