असार २०, २०८२ शुक्रबार July 4, 2025

रसुवाका २ विद्यालयद्वारा छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई किताब, कलम, कापी, झोला बितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रसुवा जिल्लाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेका छन् । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेका छात्रछात्रालाई सामग्री वितरण गरिएको हो ।

दुवै विद्यालयका एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा १ देखि ५ सम्मका छात्रछात्रालाई किताब, कलम, कापी, झोलालगायत सामग्री वितरण गरिएको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना माविमा कक्षा १ देखि अङ्ग्रेजी माध्यमद्वारा पठनपाठन  गरिँदै आएको छ ।

विद्यार्थीलाई सामग्री उपलब्ध गराएपछि अभिभावक खुसी भएका छन् । यसअघि ज्याङ्लाङ प्राविमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेमार्फत दाताको सहयोगमा भवन निर्माण गरिएको थियो । विसं २०७२ को भूकम्पले क्षति पुर्याएको जिवजिवे नीलकण्ठ नमूना मावि भने हालसम्म पुनःनिर्माण हुन सकेको छैन । जीर्ण भवनका कारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षकले बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार