वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विजय कार्की निर्बिरोध

अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्षसहित ९, नेविसंघले उपाध्यक्ष, सचिवसहित ६ सदस्य निर्बिरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि चैत ५ गतेका लागि तोकिएको निर्वाचनमा सत्तापक्षीय विद्यार्थी सङ्गठनहरूले ताला लगाएपछि स्थगित भएको थियो ।

चुनावको माग गर्दै अदालतमा रिट परेपछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासले वैशाख १० गते ३० दिन भित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेशअनुसार जेठ ११ गते मनोनयन दर्ता भएको थियो ।

अनेरास्ववियु इतरका विद्यार्थी सङ्गठनहरू सहमतिमा स्ववियु बोर्ड गठन गर्ने पक्षमा उभिएपछि निर्विरोध नेतृत्व चयन भएको हो ।

स्ववियुको सचिवमा नेविसंघका निराजन खरेल, कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी र खुला सदस्यमा अनेरास्वयिुका सृजन नेपाल, प्रकृति गौतम, प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी, पुनम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

१९ सदस्यीय स्ववियु बोर्डमा विद्यार्थी सङ्गठनले गरेको सहमतिअनुसार अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्षसहित ९, नेविसंघले उपाध्यक्ष, सचिवसहित ६, अखिल क्रान्तिकारीले सहसचिवसहित २ सदस्य र विप्लव निकट क्रान्तिकारीलाई २ सदस्य दिने गरी सहमति भएको अनेरास्ववियुका सरोज पोखरेलले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार