श्रावण ४, २०८२ आइतबार July 20, 2025

आईफोन १६ अल्ट्राले आईफोन १५ प्रो म्याक्सलाई अर्को वर्ष प्रतिस्थापन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईफोन १५ फ्यामली यसै जाडो मौसममा आउन लागेको र त्यसको लागि अझै केही महिना बाँकी छ। साथै आगामी वर्ष २०२४ को जाडो मौसममा लन्च हुने अपेक्षा गरिएको आईफोन १६ प्रो म्याक्सको मंगलबार केही नयाँ झलक देखा परेको छ।

यस वर्षको लागि एप्पलले प्रो म्याक्स ब्रान्डिङमा अडिग रहने भन्ने अफवाह फैलिएको भएतापनि आईफोन १६ अल्ट्राले आईफोन १५ प्रो म्याक्सलाई अर्को वर्ष प्रतिस्थापन गर्ने सम्भावना रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

सीएडी–आधारित रेन्डरहरूमा आईफोन १५ प्रो म्याक्स र आईफोन १६ प्रो म्याक्स/अल्ट्रा सँगसँगै एक–अर्काको छेउमा देखाइएको उल्लेख छ। यसले गर्दा आईफोन १६ अल्ट्राको आकारमा भएको वृद्धिलाई स्पष्ट रूपमा देख्न सकिने बताइएको छ। त्यसैगरी हालैका अफवाहहरुले पनि आईफोन १६ अल्ट्राको आकारमा वृद्धि गरिएको भनी बताएको उल्लेख छ।

उक्त ६.९–इन्चको स्क्रिनको चौडाईका साथै लम्बाई अझै धेरै हुने बताइएको छ। यसले गर्दा स्क्रिन फराकिलो र ठूलो हुने बताइएको छ। आईफोन १५ प्रो म्याक्सको चौडाई ७६.७ मिलीमीटर हुने अनुमान गरिएको छ भने आईफोन १६ अल्ट्राले कथितरूपमा ७७.२ मिलीमीटर मापन गर्ने उल्लेख गरिएको छ।

आईफोन १५ प्रो म्याक्स लगभग १५९.८ एमएम लामो भएको बताइएको छ भने यसको उत्तराधिकारीको लम्बाई बढाएर १६५ एमएमसम्म हुने उल्लेख गरिएको छ। विशेष गरी यस्ता परिवर्तनहरूका लागि धेरै नै रूढिवादी भनेर चिनिने एप्पल जस्तो कम्पनीको लागि यो एकदमै महत्त्वपूर्ण भएको बताईएको छ। साथै आईफोन १५ प्रोको तुलनामा सानो आईफोन १६ प्रोको आकार पनि बढ्ने बताइएको छ। यसमा पेरिस्कोप जुम लेन्स राखिने भएकाले आकारमा वृद्धि हुनेछ।

अर्कोतर्फ, आईफोन १५ प्रो म्याक्समा पहिले नै पेरिस्कोप जुम लेन्स फिट गरिने भएकाले आईफोन १६ प्रो म्याक्स अझ ठूलो हुनु किन आवश्यक छ भनेर स्पष्टता उपलब्ध नभएको उल्लेख गरिएको छ। टेक्नोलोजीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार