मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

शहिद स्मारक लिगमा आज तीन खेल हुदैँ

च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच प्रतिष्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने च्यासल मैदानमा एउटा खेल हुनेछ ।

जसअनुसार च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा जावालाखेल युथ क्लब र एपिएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, दोस्रो खेलमा चर्च ब्वाईज र संकटा क्लब आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया