असार २५, २०८२ बुधबार July 9, 2025

गोँगबु र भृकुटीमण्डपमा ४७ जनामा आरडिटी पोजेटिभ, पीसीआरको रिपोर्ट बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार गत केही दिनमा काठमाडौँ उपत्यकामा २ हजार २ सय ३६ जनामा आरडीटी परीक्षण भएको छ भने १ हजार १९ जनामा पीसीआर परीक्षण भएको छ। गोँगबु र भृकुटीमण्डपमा गरिएका सामूहिक परीक्षणमध्ये क्रमशस् १५ र ३२ जनामा आरडिटी पोजेटिभ आएको छ भने पीसीआरको नतिजा आउने क्रममा छ।

काठमाडौँका विभिन्न स्थानमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा परीक्षणहरु भएका थिए।

मन्त्रालयका अनुसार कालीमाटीमा आरडीटीबाट ७ सय जनाको परीक्षणमा गरिएकोमा ३ वटा नमूना पोजेटिभ आएको छ भने ३ सय ३४ पीसीआर परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको छ।

काठमाडौँमा भएका सरसफाइसँग सम्बन्धित सेन्टरमा आरडीटीबाट ६६४ जनाको परीक्षणमा गरिएकोमा ३१ जनामा पाजेटिभ भेटिएको छ भने २६७ पीसीआर परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ आएको छ। गोंगबुमा आरडीटीबाट ४२० जनाको परीक्षण गरिएकोमा १५ जनामा पोजेटिभ आएको छ भने पीसीआर १७२ जनामा गरिएकोमा हालसम्म रिपोर्ट भने परीक्षणको क्रममा छ। यस्तै भृकुटीमन्डपमा आरडीटीबाट ४५२ जनाको परीक्षण गरिएकोमा ३२ जनामा पोजेटिभ आएको छ भने २४६ जनाको पीसीआरको रिपोर्ट परीक्षणको क्रममा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया