वैशाख २५, २०८१ मंगलबार May 7, 2024

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटारसँग हिमालयन शेर्पा २–१ गोलअन्तरले पराजित

हिमालयन शेर्पा २९ अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

खुमलटारको जितमा विदेशी खेलाडी मोसुके ओलोमोउ र स्टेफन समिर बिनोङले समान एक गोल गरे । पराजित हिमालयनका लागि भने म्यानुयल नानाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो । खेलको छैटौँ मिनेटमा नानाले गोल गर्दै हिमालयन शेर्पालाई पहिलो अग्रता दिलाए । हिमालयन शेर्पाको १–० गोलको अग्रता लामो समयसम्म भने टिक्न सकेन ।

खेलको पहिलो हाफको १७औँ मिनेटमा नै खुमलटारका ओलोमोउले एक गोल फर्काउँदै खेललाइ एक–एक गोलको बराबरीमा ल्याए । पहिलो हाफसम्म एक–एक गोलको बराबरीमा सकिएको खेलमा खेलको दोस्रो हाफमा खुमलटारले एक गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गर्‍यो ।

खेलको ७६औँ मिनेटमा बिनोङले गोल गर्दै खुमलटारलाई २–१ को रोमाञ्चक जित दिलाए । जितसँगै खुमलटार २२ खेलमा २४ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

त्यस्तै, समान खेल खेलेको हिमालयन शेर्पा २९ अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा झरेको छ ।

a division2023_jest151685376383.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया