वैशाख २४, २०८१ सोमबार May 6, 2024

सातदाेबाटाेलाई हराउँदै मच्छिन्द्र दाेस्राे स्थानमा उक्लियाे, थ्री स्टार र सङ्कटाले अङ्क बाँडे

१४ टोली सहभागि ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले सातदाेबाटाे युथ क्लबलाई हराएकाे छ ।

ललितपुरकाे एन्फा कम्प्लेक्समा भएकाे खेलमा मच्छिन्द्रले सातदाेबाटाेलाई ३–१ गाेलले हरायाे । मच्छिन्द्रका लागि आफिज ओलावाले ह्याट्रिक गरे । सातदाेबाटाेका जाेर्डन पुन मगरले १ गाेल गरे ।

याे जितसँगै मच्छिन्द्र अङ्क तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । २३ खेल खेलेकाे मच्छिन्द्रकाे ३९ अङ्क छ । सातदाेबाटाे २९ अङ्कसहित साताैँ स्थानमा छ ।

आजै ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा थ्री स्टार क्लब र सङ्कटा क्लबले गाेलरहित बराबरी खेलेका छन् । बराबरी खेल्दा दुवै टाेलीले १–१ अङ्क बाँडेका छन् । थ्री स्टार २७ अङ्कसहित ११ औँ स्थानमा छ । सङ्कटा उति नै अङ्कसहित १२ औँ स्थानमा छ ।

१४ टोली सहभागि ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
२०८१ वैशाख २४, सोमबार
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
२०८१ वैशाख २४, सोमबार
नेकपा एसको संसदीय दलको बैठक आलोकनगरमा सुरू
२०८१ वैशाख २४, सोमबार
आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ : मन्त्री शर्मा
२०८१ वैशाख २४, सोमबार
बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन
२०८१ वैशाख २४, सोमबार
संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री ‘प्रचण्ड’
२०८१ वैशाख २४, सोमबार
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू (अन्तवार्ता)
२०८१ वैशाख २४, सोमबार