वैशाख २०, २०८१ बिहिबार May 2, 2024

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट ६ जना पुरस्कृत

पुरस्कृत सबैलाई स्वास्थ्यमन्त्री बस्नेतबाट ५० हजार रुपैयाँ र कदरपत्रबाट सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोष सचिवालयले ६ जनालाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पुरस्कृत गरेको छ ।

विश्व धूमपानरहित दिवसको अवसरमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै व्यक्ति तथा संस्था पुरस्कृत भएका हुन् ।

व्यक्तितर्फ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भक्तबहादुर केसी, प्राडा रीता थापा र पत्रकार पदमराज जोशी पुरस्कृत भएका छन् । त्यसैगरी संस्थातर्फबाट एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठानलाई पुरस्कृत गरिएको छ । सरकारी निकायतर्फ विराटनगर महानगरपालिका पुरस्कृत भएको छ ।

प्रत्येकलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ५० हजार रुपैयाँ र कदरपत्रबाट सम्मान गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार