श्रावण ३, २०८२ शनिबार July 19, 2025

गर्मीले सिराहाकाे जनजिवन प्रभावित, लाहानमा आजवाट बिद्यालय बन्द

सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो केही दिनदेखिको आत्याधिक घामसँगै बढेको गर्मीले सिरहा सहित मधेश प्रदेशको जनजिवन कष्टकर बनेको छ ।

करिव एकसाता देखि आत्याधिक रुपमा बढेको गर्मीका कारण जिल्लाको सिरहा,लाहान,गोलजार,र मिर्चैया सहित मधेश प्रदेशकै जनजिवन प्रभावित भएको हो । एक सातादेखि लगातार बढीरहेको गर्मीका कारणले जिल्लाको सिरहा,लाहान,गोलबजार,रमिर्चैया बजारहरुमा किनमेल गर्न आउने सेवाग्राही पनि घटेको व्यापारीहरु सुनाउछन् ।

एकातिर देशमा आर्थिक संकट र अर्को तिर आत्याधिक गर्मीका कारण व्यापारीहरु मार्कामा परेको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष विजय साहले बताए । उनले भने, ‘देशले आर्थिक संकट झिेलिरहेको अवस्थामा गर्मी बढेसंगै बजारहरुमा किनमेल गर्न आउनेहरुको चहलपहल समेत घटेको उनको भनाइ छ । उनले , ‘व्यापारमा मन्दि छाइरहेको वेला गर्मीले पनि बाकि राखेन,यसले व्यापारमा ठुलो क्षती पुग्ने सुनाए ।’

आत्याधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै लहान नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने भएका छन्। नगरपालिकाले आज (बिहीबार) सूचना जारी गर्दै गर्मीको कारणले बालबालिकामा प्रतिकुल असर पर्ने भन्दैे  भोली जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् ।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा निकालिएको सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बाल विकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द उल्लेख गरेको छ।

गर्मीका कारण विद्यालयहरुमा बालबालिका बेहोस हुने, ज्वरो आउने,पेट दुख्ने लगायतको लक्षणहरुको क्रम बढेपछि केही दिनका लागि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो। पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि ३० डिग्री भन्दा बढीबाट सुरु हुने गर्मी मध्याह्नसम्म ४६ डिग्री सेल्सियस तापक्रम भन्दा माथि हुँदा दैनिक जनजीवन समेत प्रभावित हुने गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार