वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

देउजाले गरे अध्यक्षको उम्मेदवार बन्ने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुकभरका निर्माण व्यवसायीहरुको साझा संस्था नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवारहरु चुनावी मैदानमा उत्रिने क्रम सुरु भएको छ ।

आगामी असोज ४, ५ र ६ गते हुने २०औँ साधारणसभा एवं ११औँ महाधिवेशनमा महासंघका वर्तमान महासचिव रामशरण देउजाले अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

निर्माण व्यवसायी संघ भक्तपुरले आयोजना गरेको कार्यक्रममा देउजाले

अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको हो । महासचिव देउजाले ‘अहिलेको आवश्यकता

युवाको सामूहिक नेतृत्व र ऐक्यबद्धता, अग्रजको सम्मान र व्यावसायिक अनेकताभित्रकोएकता, विकेन्द्रीकरण र अवसरको सुनिश्चितता यही हो मेरो प्रतिबद्धता’ भन्ने नाराका साथनिर्वाचनमा उम्मेदवारका रुपमा उभिएको बताउनुभयो ।

देउजाले मुलुक समृद्धिको यात्रामा अगाडि बढाउन सर्वसम्र्वत रुपमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो । भेलामा महासंघका पूर्वकेन्द्रीय सदस्य तथा भक्तपुर संघका सल्लाहकार वीरेन्द्र थापाले महासंघको महाधिवेशनमा प्रदेश नं ३ को तर्फबाट उपाध्यक्ष बन्ने घोषणा गर्नुभएको थियो ।

भेलामा निर्माण व्यवसायी संघ प्रदेश नं ३ का पूर्वअध्यक्ष कृष्णलाल भँडेल, संघका संस्थापक अध्यक्ष मधुराम लामिछाने, पूर्वअध्यक्ष केशव न्यौपाने, राजाराम न्हिसुतु, वर्तमान अध्यक्ष नीरञ्जन बजगाईंलगायतले देउजा र थापाको उम्मेदवारी व्यक्तिको मात्र नभई भक्तपुर निर्माण व्यवसायी सङ्घकै उम्मेदवारी र प्रतिष्ठाको विषय भएकाले एकताबद्ध भएर दुवै उम्मेदवारलाई निर्वाचित गराउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार