मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट शुरु

प्रतियोगितको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन भने उपविजेताले १ लाख ७० हजारको पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट सुुरु हुदैँछ । सूर्य नेपाल गल्फअन्तर्गत सिजनको अन्तिम प्रतियोगिता मंगलबारबाट सुरु हुन लागेको हो  ।

सो प्रतियोगितामा ४१ खेलाडीले सहभागिता जनाउनेछ भने गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिने छ।

सो प्रतियोगितको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन भने उपविजेताले १ लाख ७० हजारको पुरस्कार पाउनेछन ।

यसैगरी, तेस्रो स्थानमा रहने खेलाडीलाई १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउने छन्। शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया