भाद्र ८, २०८३ सोमबार August 24, 2026

कर्णाली प्रदेश : नीति कार्यक्रममाथिको छलफल सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको थियो । उक्त प्रस्तावमाथि आजदेखि छलफल प्रारम्भ भएको हो ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रम सरकारले कुनै अध्ययनबिना नै ल्याएको बताउनुभयो । उहाँहरूले नीति कार्यक्रम सरकारको हो कि कुनै पार्टीको भन्दै प्रश्न गर्नुभयो ।

छलफलमा भाग लिँदै नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा मिलेर जानुपर्ने अवस्था रहे पनि सरकार नै त्यो बाटोमा नरहेको जिकिर गर्नुभयो । सरकारले हुनै नसक्ने क्रियाकलापलाई आफ्नो नीति कार्यक्रममा समावेश गरेको उल्लेख गर्दै उहाँले सरकारले समाएको बाटो गलत रहेको बताउनुभयो ।

सत्ता पक्षकै सदस्य सुरेश अधिकारीले स्थानीय सरकारसँग मिलेर बैङ्क सञ्चालन गर्ने भनिएको भन्दै यसलाई सच्याएर जानुपर्ने बताउनुभयो । उहाँले संविधानमा लेखिएको कुराभन्दा बाहिर गएर नीति कार्यक्रम ल्याइएको हो कि जस्तो अनुभूति भएको बताउनुभयो ।

सदस्य वीरबहादुर शाहीले पनि नीति कार्यक्रममा सबै कुरा समेटिएको भए पनि यसको कार्यान्वयन महत्त्वपूर्ण पाटो रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य तुलसा मल्लले नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्दै आलोचना गर्नुभयो ।

सदस्यहरू घनश्याम भण्डारी, पूर्ण खत्री चालिसे, लक्ष्मी सुनार, शोसिला शाही लगायतले छलफलमा भाग लिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नक्कली समाचार फैलाए गोबिन्दाले १०० करोडको मानहानी मुद्दा हाल्ने
२०८३ भाद्र ८, सोमबार
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत् उत्पादन परीक्षण जारी
२०८३ भाद्र ८, सोमबार
पृथ्वीराज मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित
२०८३ भाद्र ८, सोमबार
१४औँ साग आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने
२०८३ भाद्र ८, सोमबार
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
२०८३ भाद्र ८, सोमबार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
२०८३ भाद्र ८, सोमबार
तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा (भिडियो सहित)
२०८३ भाद्र ८, सोमबार