कार्तिक २३, २०८३ सोमबार November 9, 2026

कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन

एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न सर्कुलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन दिएको छ ।

निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी तान्न नतिजा नआउँदै भर्ना गराउने तथा रकम उठाएर सिट बुक गर्न लगाउने गर्दै आएका छन् ।

भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको भन्दै महानगरले महानगरभित्रका सबै शैक्षिक संस्थालाई परिपत्र गरेको हो । महानगरपालिकाले त्यस्तो गरेको थाहा पाए कडा कारबाहीको चेतावनी पनि दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया