मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एएफसी यु-२० महिला एशियन कप छनोट : आज नेपाल र चीन भिड्दै

नेपाल र चीनबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एएफसी यु–२० महिला एशियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले बिहीवार चीनसँग प्रतिस्पर्धा गर्दैछ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्न लागेको हो। नेपाल र चीनबीचको खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ।

नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको थियो। चीनले भने चाईनिज ताइपेलाई १–० ले हराएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया