काठमाडौंः एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा आज नेपालले चाइनिज ताइपेको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे म्यानमारको याङ्गोनस्थित थुवन्ना रंगशालामा हुनेछ ।
यसअघिका दुवै खेलमा पराजय भोगेको नेपाल आज पहिलो तथा सान्त्वना जित निकाल्न चाहन्छ ।

समूह बी मा रहेको नेपाल पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा चीनसँग समान ५–० गोलले पराजित भएको थियो । यसअघि एकमा हार र एकमा बराबरी खेलेको ताइपे पनि पहिलो जितको खोजीमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया