श्रावण ३, २०८२ शनिबार July 19, 2025

गर्मी बढेपछि गोरखाका विद्यालय बन्द

आउँदो बर्खे बिदाबाट कट्टी गर्ने गरी २८ आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण विधालयहरू बन्द गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गर्मी अत्यधिक बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विधालयमा पठनपाठन बन्द गरेको छ। गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विधालय बन्द गर्ने निर्णय गरेको हो। ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिए।

‘गर्मी ह्वात्तै बढेपछि बालबालिकाहरूको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले विद्यालयहरू बन्द गरिएको हो,’ उनले भने, ‘अहिले दिइएको बिदालाई आउँदो बर्खे बिदाबाट कट्टी गर्ने गरी २८ आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण विधालयहरू बन्द गर्ने निर्णय गरिएको हो।’

गर्मी कम नभए निर्णय गरेर बिदा थप लम्ब्याउन सकिने नगरप्रमुख चिन्तनको भनाइ छ। ‘विद्यालयका भवनसमेत तातेर दिउँसोको समयमा बालबालिकाहरू कक्षा कोठाभित्र पनि बस्नै नसक्ने अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु नै उचित हुने देखेर केही दिन पठनपाठन रोकिएको हो।’

पालुङटार क्षेत्रमा पछिल्लो समय ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको नगरप्रमुख चिन्तनले बताए। ‘हिजो आज तापक्रम घट्नुभन्दा झनझन बढ्दै गएको छ,’ उनले भने, ‘ठूला मानिसहरूलाई दिनको समयमा घरबाहिर निस्किएर हिडडुल गर्न कठिन भएको छ।’

पालुङटार नगरपालिका भित्र ८ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिए।

गर्मीका कारण धुवाकोट, मिरकोट, च्याङली, पालुङटार, ठाटीपोखरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार