भाद्र ८, २०८३ सोमबार August 24, 2026

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना चीन प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि शनिबार राति चीन प्रस्थान गरेका छन् ।

अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका हुन् ।

उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँनेछन् । उनको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी प्रतिनिधिमण्डलमा सहभागी रहेका छन् । यस्तै उनका प्रमुख स्वकीयसचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन् ।

कार्यक्रममा सहभागी हुनुअघि प्रतिनिधिमण्डलले बेइजिङ र साङ्घाई भ्रमण गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा अध्यक्ष तिमिल्सिनाले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणमा बेइजिङमा विभिन्न स्थालको अवलोकन गर्ने कार्यक्रम छ । उनी औपचारिक भ्रमण सम्पन्न गरी असार ६ गते नेपाल फर्कने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नक्कली समाचार फैलाए गोबिन्दाले १०० करोडको मानहानी मुद्दा हाल्ने
२०८३ भाद्र ८, सोमबार
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत् उत्पादन परीक्षण जारी
२०८३ भाद्र ८, सोमबार
पृथ्वीराज मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित
२०८३ भाद्र ८, सोमबार
१४औँ साग आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने
२०८३ भाद्र ८, सोमबार
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
२०८३ भाद्र ८, सोमबार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
२०८३ भाद्र ८, सोमबार
तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा (भिडियो सहित)
२०८३ भाद्र ८, सोमबार