श्रावण ३, २०८२ शनिबार July 19, 2025

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरा विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र महर्षी इन्टरनेशनल युनिभर्सिटीका प्रेसिडेन्ट डा जोन हेगेलिनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

दुई विश्वविद्यालयबीचको सम्झौतासँगै आधारभूत चेतना, शिक्षा र मानव जीवनमा व्याप्त युगौँ पुराना समस्या समाधान गर्न सक्रियरूपमा नयाँ प्रविधि खोज्दै र यी प्रविधिलाई नेपालका युवामाझ पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको पोखरा विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

चेतनामा आधारित शिक्षाले आत्म–ज्ञानको अनुभूति दिलाउने र यसले सिकाइ धेरै सन्तोषजनक, सान्दर्भिक र रोमाञ्चक तुल्याउने हुँदा विद्यार्थीको भित्री प्रतिभालाई उजागर गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ। समझदारीपछि दुवै संस्थाले शैक्षिक गतिविधिलाई मिलेर काम गरी समुदायलाई शिक्षण, अनुसन्धान र सेवामा सहयोग प्रवद्र्धन गर्नेछन् ।

यसका लागि सहकारी अनुसन्धान र शिक्षणमार्फत विद्यालय शिक्षा प्रवद्र्धन गर्न कार्यक्रम÷परियोजना विकास गर्ने, शैक्षिक सहयोग प्रवद्र्धन गर्न गतिविधि विकास गर्ने, शिक्षक, कर्मचारी, विद्यार्थी तथा बृहत् समुदायका लागि संयुक्त कार्यशाला र सम्मेलन/प्रशिक्षण गर्ने, शिक्षक, विद्यार्थी एवं कर्मचारी आदानप्रदान कार्यक्रम र विश्वविद्यालयबीच संयुक्त प्रशिक्षण कार्यक्रमका लागि अन्वेषण तथा कार्य गरिनेछ ।

कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा अर्याल र रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारी, नेपाल महर्षी वैदिक फाउन्डेसनका अध्यक्ष डा.दीपकप्रकाश बाँस्कोटा, महर्षी इन्टरनेशनल युनिभर्सिटीका ग्लोबल एक्सपान्सन निर्देशक डा.किंग्सले ब्रुक्स र डा.चिन्तामणि योगीले आफ्ना धारणा राखेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार