काठमाडौंः काठमाडौं केन्द्रित सामुदायिक विद्यालयका आन्दोलनरत कर्मचारीले १ असारसम्ममा आफूहरुको माग पूरा नभए २ असारदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेर रिले अनशन थालेका कर्मचारीले सरकारलाई विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।
सोमबारदेखि काठमाडौंको भद्रकालीमा नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले रिले अनशन सुरु गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया