श्रावण ३, २०८२ शनिबार July 19, 2025

अखिल क्रान्तिकारीले लगाएको ताला महानगरले तोड्यो

बालेन साहको निर्देशनपछी नगर प्रहरीले विद्यालयमा लगाएको ताला खोल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : काठमाण्डौं महानगरपालिकाले महानगरभित्रका विद्यालयमा अखिल क्रान्तिकारीले लगाएको ताला खोलेको छ।  सोमबार काठमाडौं उपत्यकाभित्र चर्को शुल्क असुलेको भन्दै अखिल क्रान्तिकारीले विद्यालयमा तालाबन्दी गरेको थियो। महानगरपालिका मेयर बालेन साहको निर्देशनमा नगर प्रहरीले मंगलबार विद्यालयमा लगाएको ताला खोलेको हो।

मेयर बालेनले विद्यालयमा ताला लगाएर शैक्षिक संगठनको अपराध गरेको भन्दै आपत्ती जनाएका छन्। उनले भनेका छन्, ‘पढ्ने ठाउँमा ताला लगाएर  एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी,हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ।  त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएका छौं।’

मेयर साहले आफू महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निन्तर लागिपरेको बताएका छन्।

‘काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा हो। हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौं। र महानगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने,उनले भने,’ यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो। ‘

पढ्ने ठाउँमा ताला लगाएर  एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। ‘चाहे सो विद्यालय सरकारी होस वा निजी,हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ‌।  त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडी बढाएका छौ‌‌।’

अखिल क्रान्तिकारीले  नक्सालस्थित ग्यालेक्सी स्कुल, स्वयम्भुस्थित संस्कृत स्कुल, मालीगाउँस्थित वृहस्पति विद्या सदन र बुढानिलकण्ठस्थित भ्याली पब्लिक स्कुल, काष्ठमण्डप स्कुलमा तालाबन्दी गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार