काठमाण्डौः यसै महिनादेखि सुरु हुने साफ च्याम्पियनसिप फुटबलका लागि पाकिस्तानी टिमले सरकारबाट भारत भ्रमणको अनुमति पाएको छ ।
भारत भ्रमणका लागि शुक्रबार पाकिस्तान खेलकुद संघले टिमलाई ‘नो अब्जेक्सन लेटर’ दिने निश्चित भएको हो । बिहीबार युवा मामिलाहरूमा प्रधानमन्त्रीका विशेष सहायक शाजा फातिमा ख्वाजाले ट्विटरमा आन्तरिक मन्त्रालयले जारी गरेको ‘साफ च्याम्पियनसिपमा पाकिस्तान फुटबल टोलीको सहभागितामा कुनै आपत्ति छैन’ भन्ने पत्र पोस्ट गरेकी थिइन् ।
दुई देशबीचको राजनीतिक तिक्तताले खेलकुद क्षेत्रलाई पनि सोझो प्रभाव पारेको छ । पाकिस्तानी टोली नौ वर्षयता भारत भ्रमणमा गएको छैन । यसअघि, पाकिस्तानी टिम पछिल्लोपटक सन् २०१४ मा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका भारत भ्रमणमा गएको थियो ।
पाकिस्तानको टिम हाल चारदेशीय प्रतियोगिताको लागि मौरिसस भ्रमणमा छ । साफ च्याम्पियनसिपमा पाकिस्तान समूह ‘ए’मा छ । यो समूहमा पाकिस्तानसँगै नेपाल, भारत र कुवेत छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया