मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ताप्लेजुङमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रथम र द्वितिय हुने टिमले  क्रमसः १५ र १० हजार पुरस्कार प्राप्त  गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जिल्ला ब्याडमिन्टन संघको आयोजनामा ताप्लेजुङमा गत विहिवार  देखि सञ्चालित  तेस्रो मेयर कप तथा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।

ताप्लेजुङ जिल्लाका सबै स्थानीय तहहरुको प्रायोजन  तथा फुङलिङ नगरपालिकाको मुख्य प्रायोजनमा आयोजीत  प्रतियोगिताको मिक्स डवल्स विधातर्फ शिव मगर र सरुना गुरुङको टिम प्रथम, रेसिका  गुरुङ तथा आन्द्रियास लिम्बूको टिम द्धितीय भएकाछन् । प्रथम र द्वितिय हुने टिमले  क्रमसः १५ र १० हजार पुरस्कार प्राप्त  गरेकाछन्  ।

त्यस्तै मेन्स डवल्स जुनियरमा  भुपेन्द्र लिम्बू र  आन्द्रियास लिम्बूको टिम प्रथम  हुँदा  बसन्त तामाङ र दक्ष लिम्बूको टिम द्धीतीय भएकाछन् । प्रथम र दोस्रो हुने टिमले  क्रमसः नगद रु २० हजार र १५ हजार पुरस्कार  प्राप्त गरेका छन् ।  यस्तै,कर्मचारी डवल्स् तर्फ  खेम गुरुङ र लक्ष्मण घतानीको टिमले प्रथम स्थान हात पार्दा  शिव लिम्बू र केशव पौडेलको टिम द्धितीय  भएको छ ।  ।  प्रथम र दोस्रो हुने टिमले क्रमसः १५ हजार र १० हजार पुरस्कार प्राप्त गरेको छ ।

माथिका ईभेन्टस्मा ताप्लेजुङ जिल्ला भित्रका  मात्र सहभागि भएकाथिए भने कोशी  प्रदेश भरिका १० जिल्लाका खेलाडी सहभागी  बनेको भेट्रान्स डवल्स् ४५ बर्ष माथिको ईभेन्टसमा पाँचथरवाट सहभागी  दीपक  कुमार आङ्देम्बे र  गणेश राईको टिम विजयी वन्दा पाचथरकै युगमणि  लिम्बू   र  रामराज आङ्देम्बेको टोलि उपविजेता वनेको छ ।  । प्रथम र दोस्रो हुने टिमले क्रमसः २५ र १५ हजार प्राप्त  गरेको छ ।

मेन्स् डवल्स् सिनियर तर्फ भने तेह्रथुमका  नविन शिल्वाल    र  डीवी कन्दंवाको जोडि प्रथम बन्दा  उपविजेता भने मोरङका महेश खड्का र लाक्पा शेर्पाको जोडि वनेको छ ।   उक्त विधामा प्रथम र दृतियले क्रमस ः ३० र २० हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया