मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बावे बीच खेल हुँदै

आज देखि शुरु भएको छनौट खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज नेपालले पहिलो खेल घरेलु टोली  जिम्बावेसंग खेल्दैछ।

आज देखि शुरु भएको छनौट खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट हुनेछ। नेपाल र जिम्बावे बीचको खेल  हरारे स्पोर्टस् क्लबमा  हुनेछ।

प्रतियोगिताको पहिलो खेलमा  नेपाल घरेलु टोलीलाई पराजित गर्ने सोचमा  रहेको छ । घरेलु भुमीमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ। २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया