श्रावण ३, २०८२ शनिबार July 19, 2025

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारीबीच आजको वार्ता सकारात्मक, भोलीपनि बस्ने

आइतबारको वार्ता सकारात्मक भएको र सोमबार पनि थप छलफल गरेर प्रतिवेदन तयार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालयका कर्मचारीबीचको वार्ता सकारात्मक भएको छ। मन्त्रालयमा आइतबार भएको वार्तामा विद्यालयका कर्मचारीको समस्या समाधान गर्ने विषयमा सरकारको वार्ता टोली र परिषद्का पदाधिकारीबीच छलफल भएको हो।

शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको अध्यक्षतामा ४ सदस्यीय वार्ता टोली गठन गरेको गरेको थियो। वार्ता टोलीमा अर्थ, शिक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सदस्य छन्।

अध्यक्ष पौडेलले आइतबारको वार्ता सकारात्मक भएको र सोमबार पनि थप छलफल गरेर प्रतिवेदन तयार गर्ने बताए। उनले भने, ‘आजको वार्ता सकारात्मक भएको छ। विद्यालयका कर्मचारीको माग सम्बोधन गर्ने विषयमा प्रतिवेदन तयार गरेर बुझाउँछौँ।’

सरकारले वार्तामा बोलाएपछि विद्यालय कर्मचारीले अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम स्थगित गरेका छन्। परिषद्ले आन्दोलनका कार्यक्रम स्थगित गरेर सरकारसँग वार्तामा बस्ने निर्णय गरेको थियो।

सरकारले वार्तामा आउन गरेको आग्रह र भावनालाई सम्मान गर्दै विगतमा भएको सहमति र सर्वोच्च अदालतको आदेशको पालना गराउने गरी वार्ता मार्फत समाधान खोज्ने प्रयास गरिएको परिषद्ले जनाएको छ।

विद्यालयका कर्मचारीले आइतबार मुलुकभरका सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए। काठमाडौँ महानगरपालिकाले भने विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको थियो।

विद्यालयका कर्मचारीले उचित पारिश्रमिक पाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। सरकारले नीति तथा कार्यक्रममा उनीहरूका माग सम्बोधन गर्ने भनेपनि आर्थिक वर्ष २०८०/८१ को बजेटमा भने विद्यालय कर्मचारीको विषय समावेश गरिएको थिएन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार