श्रावण ३, २०८२ शनिबार July 19, 2025

पूर्व प्राथमिक शिक्षामा भर्नादर ३ प्रतिशतले बृद्धी

चार वर्षमा मावि तहअन्तर्गत कक्षा ९ र १० मा भर्नादर २ प्रतिशत घटे पनि अरू सबै तहमा बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विगत तीन वर्षमा पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहमा विद्यार्थी भर्ना दर बढेको छ । आर्थिक वर्ष २०७६ देखि २०७९ सम्मको तथ्याङक विश्लेषण गर्दा तुलनात्मक रूपमा आ.व. २०७८/०७९ मा पूर्व प्राथमिक शिक्षामा भर्नादर ३ प्रतिशत बढेको छ । विगत तीन आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा क्रमशः ८६ दशमलव २, ८७ दशमलव ६ र गत आबमा ८९ दशमलव ६ प्रतिशतले भर्नादर वृद्धि भएको हो ।

नेपाल सरकारले जेठको तेस्रो साता सार्वजनिक गरेको प्रतिवेदनमा चार वर्षमा मावि तहअन्तर्गत कक्षा ९ र १० मा भर्नादर २ प्रतिशत घटे पनि अरू सबै तहमा बढेको छ । पूर्व प्राथमिक शिक्षामा अनुभव भई कक्षा १ मा नवप्रवेशी विद्यार्थीको संख्या ४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७६/०७७ मा ६८ दशमलव ६ प्रतिशत थियो । त्यसको तुलनामा २०७९ मा ६ प्रतिशत बढेको हो । आ.व. २०७७/०७८ मा कक्षा १ मा भर्ना हुने विद्यार्थी संख्या ७० दशमलव २ प्रतिशत थियो ।

तथ्याङ्कअनुसार कक्षा १ मा कुल प्रवेश, खुद प्रवेश दर समेत वृद्धि भएको छ । कक्षा १ देखि ५ सम्ममा २०७६ सालमा कुल भर्नादर १ सय १९ प्रतिशतबाट बढेर १ सय २२ प्रतिशत पुगेको छ भने खुद भर्नादर ९६ प्रतिशत छ । कक्षा १ देखि ८ मा कुल भर्नादर १ सय १८ र खुद भर्नादर ९५ प्रतिशत रहेको छ । सो संख्या ०७६/०७७ को तुलनामा २ प्रतिशतले बढी हो । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार