काठमाडौंः काठमाण्डौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासले आज (बुधबार) उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन्।
गत जेठ ३२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले विभिन्न कारण देखाउँदै बन्द गराएको थियो। त्यसका विरुद्धमा उच्च माध्यमिक विद्यालय एसोसिएसन (हिसान) ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया